बढ्दो महँगीका कारण उपभोक्ता र व्यापारी सास्तिमा(भिडियोसहित)

सुनिता/नरेश

 ग्लोबल टिभि      बिहिबार, जेष्ठ ११, २०८०      0

सुनिता/नरेश– नेपालको संघीय राजधानी काठमाडाँै शहर हरेक मानिसहरुको एउटा सपनाको शहर हो । जहाँ मानिसहरु हरेक दिन विभिन्न स्थानबाट सपना पुरा गर्नकै लागि भित्रिने गर्दछन् । एकातर्फ शहर भित्रिने मानिसहरुको बाक्लो उपस्थिति देखिन्छ भने अर्को तर्फ बजारमा बस्तु र सेवाको चरम मुल्यवृद्घि भइरहेको देखिन्छ । उत्पादक, आयातकर्ता, थोक विक्रेता, खुद्रा व्यापारीले अस्वभाविक र अनुचित रुपमा मुल्यवृद्घि हुँदा सपनाको शहरमा आउने नागरिक दैनिक लुटिरहेका छन् ।

पछिल्लो समय बजारमा पाईने दैनिक उपभोग्य सामान र सेवाको चरम मुल्यवृद्धिका कारण आम नागरिकले सास्ती खेप्नु परिरहेको छ । आकासिँदो महँगीले उपभोक्ताको दैनिक जिवनमा अफ्ठ्यारो परिस्थिीति सिर्जना गरिदिएको छ । दैनिक उपभोग्य सामान खरिद गर्न समेत सोच्न बाध्य हुन परेको आमनागरीको गुनासो छ ।

हरेक दिन उपभोग्य सामानको मुल्यमा आएको वृद्धिले भोलीको दिनमा झनै समस्या थपिने गरेको उपभोक्ताको गुनासो छ । व्यवसायिक हिसावले पनि विगतको तुलनामा व्यापार कम हुने गरेको व्यवसायी बताउँछन् ।

महगीँले उपभोक्ताको दैनिक जिवन अप्ठ्यारोमा परिरहँदा सरकारले भने खासै वास्ता गरेको देखिदैँन । दैनिक व्यापार व्यवसाय गरेर आफ्नो जिवन गुजारी रहेका व्यापारीहरु पछिल्लो समय भाडा तिरेर पसल सञ्चालन गर्न समेत धौ–धौ परेको व्यपारी बताउँछन् ।

अत्यावश्यक वस्तु दाल, चामल, खाने तेल, तरकारी, लत्ताकपडा लगायत दैनिक भान्सामा प्रयोग हुने वस्तुको मूल्य आकासिँदो छ । सामानमा आएको चर्को मुल्य वृद्धिसंगै व्यापारीले मनोमानी रुपमा आफुखुसी मुल्य निर्धारण गरिदिँदा उपभोक्तालाई सामान खरिद गर्न झनै अप्ठ्यारो परिस्थिती सिर्जना भएको छ । तर, सरकार अत्यावश्यक वस्तु वा सेवाको मूल्यवृद्धि रोक्नेबारे वेवास्ता गरिरहेको छ ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *