ढाका कुमारविरुद्ध मुद्धा हाल्दै महामन्त्री मुकुल ढकाल(भिडियोसहित)

विनोदबिक्रम भण्डारी

 ग्लोबल टिभि      बिहिबार, जेष्ठ ११, २०८०      0

विनोद/संजोक– संसदको चौथो ठुलो दल राष्ट्रिय स्वतन्त्र पार्टी पुनः विवादमा आएको छ । रास्वपाका निलम्वित सांसद तथा नेता ढाकाकुमार श्रेष्ठले आफूलाई सांसद बनाउन पार्टीले झण्डै ३ करोड लिएको बताएपछि विवाद छताछुल्ल भएको छ । श्रेष्ठले उपसभापति डिपी अर्याल र महामन्त्री मुकुल ढकालले ३ करोड रकम मागेर बुझाएको दाबी गरेका छन् । तर, महामन्त्री ढकालले भने आरोप निराधार रहेको भन्दै कानुनी उपचारमा जाने चेतावनी दिएका छन् ।

रवि लामिछाने नेतृत्वको संसदको चौथो ठुलो दल राष्ट्रिय स्वतन्त्र पार्टीको किचलो झनै बल्झिएको छ । पार्टी खोलेको ६ महिनामै जनताको माया पाएर संसदको चौथो ठुलो दल बनेको रास्वपा भित्रका बिभिन्न विवादित घटना बाहिर आइरहेका छन् । रास्वपाका निलम्बित सांसद तथा नेता ढाकाकुमार श्रेष्ठले आफूलाई सांसद बनाउन उपसभापति डि.पी. अर्याल र महामन्त्री मुकुल ढकालले २ करोड ८४ लाख रुपैया मागेको बताएपछि नयाँ पार्टीभित्र पुरानै दलको प्रबृत्ति हावी भएको भन्दै आलोचना सुरु भएको छ । सांसद बनाउन श्रेष्ठसंग अर्यालले १ करोड र ढकालले १ करोड ८४ लाख रकम मागेको बताउदै आएका छन् । सोही बिषयलाई लिए महामन्त्री ढकाल श्रेष्ठविरुद्ध मानहानी मुद्धा सहित अदालत जाने चेतावनी दिएका छन् । महामन्त्री ढकालले सामाजिक संजाल फेसबुकमा लेखेका छन्, यो हाम्रो मान, प्रतिष्ठा र इज्जतलाई धुमिल्याउन सकिन्छ कि भनेर सार्वजनिक गरिएको देखिन्छ । यसलाई कसैले पुष्टि गर्छ भने हामी जस्तोसुकै सजाय भोग्न तयार छौँ । यसबाट हामीले हाम्रो मानहानि भएको महसुस गरेको हुँदा अदालतमा मानहानिको मुद्दा दर्ता गर्दै छौँ ।’ त्यस्तै रास्वपा सभापति रवि लामिछानेले पनि अदालत नै जानुपर्ने परिस्थिति सृजना भएको बताएका छन् ।

यसअघि रास्वपाका समानुपातिक सांसद रहेका ढाकाकुमार श्रेष्ठले झापाका मेडिकल ब्यवसायी दुर्गा प्रसाईसंग मन्त्री बन्न रवि लामिछानेको कोर टिमले २ करोड माग गरेको र सहयोग गर्न आह्वान गरेको अडियो बाहिरिएको थियो । त्यसपछि रास्वपा सभापति रवि लागिछाने सहभागि रहेको पार्टिको केन्द्रीय समितिको बैठकले श्रेष्ठको सांसदपद र पार्टीबाट निलम्बन गरेको थियो । त्यसपछि आफ्नो सांसद पद कायम रहनुपर्ने भन्दै श्रेष्ठ सर्वाैच्च अदालत पुगेका थिए । त्यसयता श्रेष्ठ रास्वपा प्रति चिढिएका छन् । यता रास्वपा सभापति लामिछाने भने २ करोड अडियो काण्डका बेला पार्टीले स्पष्टिकरण लिदा श्रेष्ठले आफू बाहेक कसैको संलग्नता नरहेको बताएको भन्दै अहिले विषयान्तर गर्न खोजिएको दावी गरे ।

यसअघि सभापति रवि लाछिानेको नागरिकता विवादमा फसेको रास्वपा त्यसपछि अडियो काण्डमा फसेको थियो । कारवाहीमा परेका श्रेष्ठले अन्य पार्टीभित्रका बेथिति बाहिर ल्याउने त्रास रास्वपामा छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *