फ्रेन्च ओपनको ड्र सार्वजनिक

 ग्लोबल टिभि      शुक्रबार, जेष्ठ १२, २०८०      0

जेठ १२ –  टेनिसको प्रतिष्ठित ग्रान्ड स्लाम प्रतियोगिता फ्रेन्च ओपनको ड्र सार्वजनिक भएको छ। विश्व नम्बर एक कार्लोस अल्काराज र २२ पटकका ग्रान्ड स्लाम विजेता नोभाक जोकोभिच सेमिफाइनलमा भेट हुने पक्का जस्तै बनेको छ। यो प्रतियोगितामा रफायल नाडालले भने प्रतियोगितामा सहभागिता जनाउने छैनन्। १४ पटकका ग्रान्डस्लाम विजेता नाडालले नाम फिर्ता लिएपछि सबैको नजर जोकोभिच र युवा स्टार अल्काराजमा रहने छ। २० वर्षिय अल्काराजले पहिलो चरणमा क्वालिफायरसँग प्रतिस्पर्धा गर्नेछन्।

साथै सेमिफाइनलसम्म पुग्न २०२१ का उपविजेता स्तेफानोस चिचिपास, लोरेन्जो मुसेटी र फेलिक्स अग अलियासिम जस्ता प्रतिद्वन्द्वीसँग अल्काराजको सम्भावित समाना हुने देखिन्छ। यता विश्व नम्बर तीन सर्वियन जोकोभिचका लागि सातौं वरियताका आन्द्रे रुभलेब बाहेक अन्य चुनौती खासै नदेखिएकाले सेमिफाइनलसम्मको यात्रा सहज देखिन्छ।

विश्व नम्बर दुई ड्यानिल मेदभेदेभले पहिलो चरणमा क्वालिफायरसँग प्रतिस्पर्धा गर्नेछन्। त्यसपछि नै कठिन प्रतिद्धन्द्धी कास्पर रुड अथवा होल्न रुनसँग प्रतिस्पर्धा गर्नेछन्।  महिलातर्फ साबिक विजेता तथा विश्व नम्बर एक इगा स्वान्तेकले विश्व नम्बर ६७ क्रिस्टीना बुस्कासँग खेल्दै प्रतियोगिता सुरुवात गर्नेछिन्। उनले क्वाटरफाइनलमा कोको गउफसँग खेल्ने निश्चित देखिन्छ। गत संस्करण स्वान्तेकले गउफलाई नै हराउँदै फ्रेन्च ओपनको उपाधि उचालेकी थिइन्।

महिनाको सुरुवात भएको इटालियन ओपनको फाइनलको यात्रा तय गरेकी एहेलिना कलिनीनाले गउफसँग तेस्रो चरणमा खेल्ने देखिन्छ। घरेलु खेलाडी क्यारोलिन गार्सिया र अरिना साबालेन्का बिच क्वाटरफाइनलमा भेट हुने समिकरण बनेको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *