ग्लोबल टिभि
शुक्रबार, जेष्ठ १२, २०८०
0
जेठ १२ – सहिद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदै छन् ।
दिउँसो दुई बजे दशरथ रङ्गशालामा रेलिगेसन जोनमा रहेको खुमलटार युवा क्लब र नेपाल पुलिस आमने सामने हुँदै छन् । पुलिस २० खेलबाट २५ अंक जोड्दै तालिकाको १० औँ स्थानमा छ । उसले आज जित दर्ता गरे शीर्ष ६ मा उक्लनेछ । अघिल्लो खेलमा थ्रीस्टारलाई एक शून्य गोलले हराएको पुलिस लगातर दोस्रो जितको खोजीमा हुनेछ ।
यस्तै खुमलटारले आजको खेलमा जिते रेलिगेसन क्षेत्र छोड्न सक्ने सम्भावना छ । अघिल्लो भेटमा पुलिसले खुमलटारलाई तीन एक-गोलले हराएको थियो ।
यस्तै आज साँझ छ जबे थ्रीस्टार र हिमालयन शेर्पा क्लब भिड्दै छन् । थ्री स्टार कीर्तिमानी ९ खेलदेखि जितविहीन छ । पूर्वविजेता थ्रीस्टार हाल ९ औँ स्थान छ । यता हिमालयन शेर्पा २६ अंक सहित ७ औँ स्थानमा छ।
अघिल्लो भेटमा थ्रीस्टार एक शून्य गोलले विजयी भएको थियो ।
Post Views: 103
Leave a Reply