जेठ १२ – पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई देशबाहिर जान रोक लगाइएको छ ।अदालतमा उपहारसम्बन्धी मुद्दा चलिरहेको समयमा फरार हुन सक्ने सरकारले आँकलन गरेको छ । तहरिक–ए इन्साफ पार्टीका अध्यक्षसमेत रहेका खान र उनकी पत्नी बुशरा बीबीलाई सरकारले ‘नो फ्लाई लिस्ट’ मा राखेपछि खानलाई देशबाहिर जान प्रतिबन्ध लागेको हो । अदालतमा उपहारसम्बन्धी मुद्दा चलिरहेको समयमा कतिपयले उनी फरार हुन सक्ने आँकलन गरेका थिए ।
कादिर ट्रस्ट प्रकरणमा खानलाई गत मे ९ मा प्रहरीले पक्राउ गरेको थियो । त्यसपछि देशभर भड्किएको हिंसामा झण्डै १० मानिसको मृत्यु भएको थियो । उनीमाथि एन्टी टेरोरिज्म मुद्दामा झण्डै १४० मुद्दा दर्ता छन् । उनी गिरफ्तार भएपछि भड्किएको हिंसाको मामिलामा समेत मुद्दा दर्ता भएका छन । मुद्दा हाल्नेमा सैनिक समेत छ । पछिल्लो पटक सरकारले खानसहित झण्डै ६०० जनालाई नो फ्लाई लिस्टमा समावेश गर्दै सूचना जारी गरेको सञ्चारमाध्यमले जनाएका छन ।
Leave a Reply