काभा महिला भलिबल कपको सेमिफाइनल आज

 ग्लोबल टिभि      शुक्रबार, जेष्ठ १२, २०८०      0

जेठ १२ –  एनएससी काभा महिला भलिबल च्यालेञ्ज कपको सेमिफाइनल खेल आज हुँदैछन् । पहिलो सेमिफाइनलमा भारत र उज्वेकिस्तान भिड्नेछन् भने दोस्रोमा घरेलु टोली नेपालले कजाकस्तानसँग खेल्दैछ । भारत र उज्वेकिस्ताबिचको पहिलो सेमिफाइनल दिउँसो साढे २ बजे तथा नेपाल र काजकिस्तानबिचको दोश्रो सेमिफाइनल खेल साँझ पाँच बजे शुरु हुनेछ ।

समूहका सुरुवाती दुई खेलमा उत्कृष्ट प्रदर्शन गर्दै सेमिफाइनल पुगेको नेपाल भारतसँग पराजित हुन पुग्यो । २०७८ सालपछि पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिरहेको महिला भलिबल टिमले समूहका सुरुवाती दुई खेलमा जित हात पार्यो । किर्गिस्तान र बंगलादेशलाई सोझो सेटमा हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गरेको नेपाललाई समूह विजेता बन्न भने भारत तगारो बनेको थियो ।

भारतले ३१ सेटमा नेपाली टिमलाई पराजित गर्दै घरेलु समर्थकलाई निराश बनाएको हो । नेपालले सेमिफाइनलमा समूह ए को विजेता कजाकस्तानसँग प्रतिस्पर्धा गर्न लागेको हो । सहभागी ८ टिममध्येकै बलियो मानिएको कजाकस्तानले समूह चरणमा शत प्रतिशत नतिजा निकालेको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *