चिनिया कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुखसँग माओवादी प्रतिनिधि मण्डलको भेट

 ग्लोबल टिभि      शुक्रबार, जेष्ठ १२, २०८०      0

जेठ १२ – नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्व सभामुख अग्निप्रसाद सापकोटाको टोलीले चिनिया कम्युनिष्ट पार्टी (सी)का विदेश विभाग प्रमुख लिउ च्यान छाओबीच भेटवार्ता गरेको छ ।

चीन भ्रमणमा रहेको निवर्तमान सभामुख सापकोटा नेतृत्वको माओवादी पार्टीको प्रतिनिधि मण्डल र चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभाग प्रमुख लिउ नेतृत्वको टोलीबीच बेइजिङमा भेटवार्ता भएको हो । उनीहरुबीच सुरुमा एक्लाएक्लै र त्यसपछि सामूहिक भेटवार्ता भएको सीपीसीले जनाएको छ । उनीहरुबिच दुई देश र दुई पार्टीको सम्बन्धका विषयमा छलफल भएको थियो ।

भेटमा चिनियाँ विदेश विभाग प्रमुख लिउले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारले लिएको आर्थिक विकास र समृद्धिको लक्ष्यमा चीनले निरन्तर सहयोग गर्ने प्रतिवद्धता जनाएको छ ।

उपाध्यक्ष सापकोटाले चीन नेपालको छिमेकी मात्र नभएर विकास साझेदार समेत भएको चर्चा गर्दै नेपालको आर्थिक सामाजिक विकासमा पुर्याएको सहयोगका लागि चीनलाई धन्यवाद दिएका थिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *