प्रदेश १ र २ का विभिन्न स्थानमा वर्षा , सतर्कता अपनाउन महाशाखाको आग्रह

 ग्लोवल टि.भी.      मङ्लबार, बैशाख २१, २०७८      0

काठमाडौं । अहिले प्रदेश १ र दुईका विभिन्न स्थानमा मेघगर्जन– चट्याङ्ग सहित वर्षा भैरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार यी दुई प्रदेशमा मौसम आशिंक तथा पूर्ण बदली रहेको छ । आज देशका देशका विभिन्न स्थानमा मेघगर्जन– चट्याङ्ग– हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली, दक्षिण भू–भाग नजिक विकसित भएको न्यून चापीय क्षेत्र तथा बंगालको खाडीको जलवाष्प युक्त हावाको प्रभाव रहेको महाशाखाको भनाइ छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *