काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा लम्ब्याइने

 ग्लोवल टि.भी.      मङ्लबार, बैशाख २१, २०७८      0

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई थप कडाइसाथ एक साता लम्ब्याइने भएको छ । यसबारे आवश्यक गृहकार्य भइरहेको प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।

तीन जिल्लामा निषेधाज्ञाको समय २२ गते राति १२ बजेसम्म छ । त्यसको पूर्वसन्ध्यामा बैठक बसी निषेधाज्ञाको समय लम्ब्याउने योजना रहेको पराजुलीले जानकारी गराए ।

आवश्यक निर्णय लिन काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरू आज छलफलमा बस्दैछन् । कोरोना संक्रमणको अवस्थालाई हेर्दा निषेधाज्ञा थप कडा पार्नुपर्ने देखिएको पराजुलीले बताए।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *