भोलिदेखि प्रधानमन्त्री दाहालको भारत भ्रमण

 ग्लोबल टिभि      मङ्लबार, जेष्ठ १६, २०८०      0

जेठ १६ – प्रधानमन्त्री पुष्पकमल दाहालले भोलि (बुधबार) देखि भारत भ्रमण गर्दै छन् ।

आफ्नो भारत भ्रमणबारे संसद्‌लाई जानकारी दिँदै प्रधानमन्त्री दाहालले ऊर्जा, सिँचाइ, डुबान नियन्त्रण, हवाई, एकीकृत जाँच चौकीलगायत पूर्वाधार निर्माणमा जोड दिइने जनाए । नयाँ पारवहन सम्झौता हुने पनि उनले जानकारी दिए ।

प्रधानमन्त्री दाहालले भ्रमणका क्रमका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायत नेतासँग भेट गर्नेछन् । चारदिने भ्रमणका लागि प्रधानमन्त्री दाहाल नेपाली प्रतिनिधि मण्डलको नेतृत्व भोलि (बुधबार) नयाँदिल्ली जानेछन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *