भारतबाट नेपाल आउनेका लागि आठ वटा होटलमा क्वारेन्टाइन

 ग्लोबल टिभि      बुधबार, बैशाख २२, २०७८      0

काठमाडौँ । सरकारले भारतबाट नेपाल आउने यात्रुका लागि आठ वटा होटेललाई क्वारेन्टाइन तोकेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गोदावरीस्थित भ्यू भृकुटी, गुहेश्वरीस्थित माधव होटेल, एयरर्पोटस्थित एयरर्पोट होटेललाई क्वारेन्टाइन तोकेको हो ।

यस्तै गौशालास्थित अमादब्लम होटेल, रिडर्स इन, आनन्द आश्रम तथा जगातीसिथत फार्म हाउस रिर्सोट र भक्तपुर जगातीस्थित ए–वान रिर्सोटलाई क्वारेन्टाइन तोकिएको छ ।

मन्त्रालयका अनुसार यी होटेलले यात्रुलाई विमानस्थलबाट होटेलसम्म ल्याउने र खाना तथा बसोबासको सुविधा दिने छन् । ती होटलले मूल्य अभिवृद्धि कर र सेवा शु्ल्कसहित प्रतिव्यक्ति बढीमा ३ हजार रुपैयाँसम्म शुल्क लिन पाउने छन्।

यात्रुले १० दिन अनिवार्य क्वारेन्टाइनमा बस्नु पर्नेछ । बिहीबार रातिदेखि हवाइ उडान बन्द हुने भए पनि साताको दुई उडान भने भारतबाट निरन्तर रहने छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *