साथीको मृत्यु भएपछि तीनजनाविरुद्व ज्यान कसुरसम्बन्धी मुद्दा दर्ता

 ग्लोबल टिभि      बिहिबार, जेष्ठ १८, २०८०      0

जेठ १८ –  म्याग्दे गाउँपालिका–६ का तीन युवकविरुद्ध  प्रहरीले ज्यान कसुरसम्बन्धी मुद्दा दर्ता गरिएको छ। २५ वर्षीय प्रेमबहादुर कुमाल र २८ वर्षीय सन्तोष थापा तथा म्याग्दे–३ का २६ वर्षीय सुशन रानाविरुद्व प्रहरीले मुद्दा दर्ता गरेको हो।

गत आइतबार गाउँपालिकाको अकलास्थित म्याग्दे खोलामा साथीसँग करेन्ट लगाएर माछा मार्ने क्रममा म्याग्दे–६ का २१ वर्षीय विमल थापाको ज्यान गएको थियो । उनको मृत्यु भएपछि तीनैजनाविरुद्व प्रहरीले ज्यान कसुरसम्बन्धी मुद्दा दर्ता गरेको हो।  प्रहरीले तीनै युवकलाई सोही दिन पक्राउ गरेको थियो।

प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणका अनुसार पक्राउ परेकातीनै जनालाई तनहुँ जिल्ला अदालतमा उपस्थित गराई १० दिनको म्याद थप अनुमति लिई अनुसन्धान अघि बढाइएको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *