बढ्यो अमेरिकी भिसाहरूको आवेदन शुल्क

 ग्लोबल टिभि      शनिबार, जेष्ठ २०, २०८०      0

जेठ २० –  अमेरिकी भिसाहरूको आवेदन शुल्कमा वृद्धि भएको छ । यही जुन १७ तारिखदेखि लागू हुनेगरी आवेदन शुल्क वृद्धि भएको हो । भ्रमण भिसा र पेटिसनमा आधारित नभएका अन्य गैरआप्रवासी भिसाहरूको आवेदन शुल्क १६० डलरबाट वृद्धि भई १८५ डलर कायम हुने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।

पेटिसनमा आधारित भिसा शुल्कहरू १९० डलरबाट वृद्धि भई २०५ डलर कायम हुनेछन् ।

दूतावासका अनुसार ई-भिसा आवेदन शुल्कहरू २०५ डलरबाट वृद्धि भई ३१५ डलर कायम हुनेछ ।भिसा शुल्कहरू सेवाको लागतसम्बन्धी वार्षिक अध्ययनको नतिजाको आधारमा निर्धारण गरिएको समेत दूतावासले जानकारी गराएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *