काठमाडौं । उपत्यकाको वायुको गुणस्तर राम्रो भएको । कोरोना नियन्त्रणका लागि गरिएको निषेधाज्ञा र वर्षाका कारण काठमाडौं उपत्यकाको वायुको गुणस्तरमा सुधार भएको हो ।
वातावरण विभागका अनुसार आज (बिहीवार) बिहान काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न स्थानमा राखिएका स्टेशनहरुमा रेकर्ड भएको तथ्यांक अनुसार उपत्यकाको वायुको गुणस्तर स्वस्थ रहेको छ । पछिल्लो २४ घण्टाको तथ्यांक अनुसार भक्तपुरको एक्यूआई ७६ रहेको छ । त्यस्तै रत्नपार्कको एक्यूआई ७४ हुँदा शंखर्पाको ७२ रहेको छ । त्यस्तै भैंसेपाटीको वायुको गुणस्तर एक्यूआई ६४ छ भने टियू कीर्तिपुरको एक्यूआई ६३ रहेको विभागको भनाइ छ ।
रेकर्ड भएको वायुको गुणस्तर मध्यम खालको हो । सामान्यतया एक्यूआई लेवल ५० भन्दा तल हुनुलाई वायुको गुणस्तर राम्रो मानिन्छ ।
पछिल्ला दिनहरुमा लगातार वर्षा भएको छ भने निषेधाज्ञाका कारण अत्यावश्यक बाहेकका सवारी साधन चलेका छैनन् भने उद्योग कलकारखानापनि बन्द छन् । सोही कारण पनि वायुप्रदुषण घटाउन सहयोग पुगेको छ ।
करिब एक महिना अघि उपत्यकासहित देशका विभिन्न भागमा वायुको गुणस्तर खराब भएको थियो । लामो समय देखि वर्षा हुन नसक्दा र देशभर फैलिएको डढेँलोका कारण वातावरण प्रदुषित भएको थियो । सोही कारण चार दिन शैक्षिक संस्था बन्द गरिएको थियो ।
Leave a Reply