विनोदबिक्रम भण्डारी
विनोद- नेपाली राष्ट्रिय क्रिकेट टिमका स्टार बलर सन्दीप लामिछाने दक्षिण अफ्रिका जादैछन् । जिल्ला अदालत काठमाडौंले लामिछानेको मुद्दाको पेशी आगामी असार २९ गतेलाई सारेपछि विश्वकप छनोटको अभ्यास खेल खेल्न उनी आज राती २ बजे दक्षिण अफ्रिका जाने भएका हुन् । तर मुख्य प्रशिक्षक मोन्टी देशाई भने भिषाका कारण नजाने भएका छन् । यसअघि नेपाली राष्ट्रिय क्रिकेट टिम अफ्रिका पुगिसकेको छ ।
नेपाली राष्ट्रिय क्रिकेट टिममा पूर्वकप्तान तथा बलिङ किङ सन्दीप लामिछाने अन्ततः दक्षिण अफ्रिका जादैछन् । नावालिग बलात्कारको मुद्दा खेपीरहेका सन्दीप दक्षिण अफ्रिका जाने वा नजाने भन्ने अन्योलताका वीच उनी सोमबारराति २ बजे दक्षिण अफ्रिका जाने भएका हुन् । नेपाल क्रिकेट संघ क्यानमा कार्यवाहक सचिव दर्गाराज पाठकले सन्दीप २ बजे अफ्रिकाका लागि उड्ने बताएका हुन् ।
सन्दीपसंगै मुख्य प्रशिक्षक मोन्टी देशाई समेत दक्षिण अफ्रिका आकलन गरिएको थियो तर अन्तिम समयमा मोन्टीको भिया एपलाई नभएपछि सन्दीप एक्लै जाने भएका हुन् । बुधबार राष्ट्रिय क्रिकेट टिम दक्षिण अफ्रिाका पुगेपनि सन्दीप मुद्दाका कारण र मोन्टी भिषाका कारण संगै जान पाएका थिएनन् । त्यसपछि क्रिकेट समर्थकले सन्दीप र मोन्टीको खोजी गरेका थिए । अव सन्दीप दक्षिण अफ्रिका जाने भएपनि प्रशिक्षक मोन्टी कहिले जान्छन् भन्ने टुंगो छैन् । तर नेपाल क्रिकेट संघ क्यानका कार्यबाहक सचिब दुर्गाराज पाटक भने १÷२ दिनमै मोन्टी अफ्रिका जाने बताउँछन् ।
बलिङ स्तार सन्दीप कतार यएरवेजको विमान मार्फत दक्षिण अफ्रिका जानेछन् । यसअघि सन्दीपका कानुन ब्यावसायी सरोजकृष्ण घिमिरेले निरन्तर मुद्दाको सुनुवाई प्रक्रियामा ढिलाई भएको र सुनुवाई कुर्दा राष्ट्रिय टिमका लागि सन्दीपको अभाव खट्किने भएपछि सन्दीपलाई दक्षिण आफ्रिका र जिम्बाब्बे पठाउन मुद्दा सार्न जिल्ला अदालत काठमाडाँैलाई निवेदन दिएका थिए । सन्दीपका वकिल घिमिरेको निवेदन पछिकाठमाडाँै जिल्ला अदालतले सन्दीपको मुद्दाको पेशी आगामी असार २९ लाई सारेको छ ।
करिव डेढ महिना नै मुद्दाको पेशी सरेपछि सन्दीप ढुक्कसंग दक्षिण अफ्रिकामा अभ्यास र जिम्बाब्बेमा विश्वकप छनोट खेल्न पाउने भएका हुन् । यो संगै नेपाली टिमलाई थप हौसला मिलेको छ । नेपालको बलिङ लाइन एक्लै धानीरहेका सन्दीप नेपाली टिमका एक प्रमुख हतियार समेत हुन् । यता सन्दीप दक्षिण अफ्रिका हुने अभ्यास खेल र जिम्बाब्बेमा हुने एकदीवसीय विश्वकप छनोटमा सहभागि हुने भएपछि उनका समर्थकले खुसी ब्यक्त गरिरहेका छन् । जिम्बाब्बेमा हुने एकदिवसीय विश्वकप छनोट खेल्नु अघि नेपाली टोलीले दक्षिण अफ्रिकामा नेरल्याण्ड र स्कटल्याण्डसंग अभ्यास खेल खेल्नेछ । दक्षिण अफ्रिकाका नेपाली टिमले जेष्ठ २५ मा स्कटब्याण्ड र जेष्ठ २७ मा नेदरल्याण्ड संग अभ्यास खेल खेल्नेछ । त्यसपछि नेपाली टिम त्यहाँबाटै जिम्बाब्बे प्रस्थान गर्नेछ । जिम्बाब्बेमा नेपाली टिमले जुन १८ देखि जुलाई ९ सम्म एकदीवसीय विश्वकप छनोट खेल खेल्नेछ खेल्नेछ ।
Leave a Reply