रहेनन् वरिष्ठ गायक प्रेमध्वज प्रधान

 ग्लोबल टिभि           0

काठमाडौँ । वरिष्ठ गायक एवं संगीतकार प्रेमध्वज प्रधानको निधन भएको छ ।

छातीमा समस्या देखिएपछि उनलाई बिहीवार बिहान सुन्धारास्थित न्यूरो अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा दिउँसो उनको निधन भएको हो ।

१९९४ सालमा सिन्धुपाल्चोकको चौतारामा जन्मिएका प्रेमध्वजलाई नेपाली सांगीतिक क्षेत्रमा ‘गोल्डेन भ्वाइस’ उपनामले पनि चिनिन्छ । नेपाली सुगम संगीतका साथै चलचित्रको पार्श्वगायनमा समेत उनले छवि बनाएका थिए ।

उनका ‘यो नेपाली शिर उचाली’, ‘घुम्तीमा नआऊ है’, ‘गोरेटो त्यो गाउँको’, तिमीलाई अचेल कहाँ भेटौँ,’ पर लैजाऊ फूलहरू’, ‘टाढा भैनदेऊ फेरि’, ‘नमान लाज यसरी’ र ‘बाटो भुलेर अल्झिरहेको’ लगायत गीत चर्चित छन् ।

संगीतकार तथा संगीतकार संघका पूर्वअध्यक्ष लक्ष्मण शेषले प्रधानको निधनबारे सामाजिक सञ्जालमा यस्तो लेखेका छन्, ‘अमर श्रष्टा तथा अजर–अमर गायक श्रद्धेय प्रेमध्वज प्रधानको स्वर्ग महाप्रस्थानको खबर आयो। वहाँको अन्तिम श्रद्धाञ्जलीका लागि सुरक्षित रही नियमानुसार सहभागी भैदिनु हुन सम्पूर्ण श्रष्टा जगत र गीत संगीतसम्बन्धी सम्पूर्ण संघ–संस्थाका पदाधिकारीज्यूलाई सुन्धारा स्थित न्युरो हस्पिलमा सहभागी भैदिनु हुन विनम्र अनुरोध गर्दछु।’

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *