लमजुङ । लमजुङमा प्रहरीले जुवा तास खेल्नेहरूलाई लमजुङको मध्यनेपाल नगरपालिका– १ सरेदीबाट साढे एघार लाख रुपियाँसहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा लमजुङको सुन्दरबजार– ४ बस्ने ३९ वर्षीय देवदोङ, ५० वर्षीय रामबहादुर गुरुङ, ५० वर्षीय कृष्णबहादुर अधिकारी, ३० वर्षीय गोरबहादुर गुरुङ , ६० वर्षीय कुलबहादुर गुरुङ , सोही वडाको ४५ वर्षीय रामचन्द्र घर्ती , ३५ वर्षीय योगेन्द्र श्रेष्ठ ,लमजुङको मध्यनेपाल– ३ बस्ने ३१ वर्षीय सन्देश थापा ,तनहुँ जिल्लाको आबुखैरेनी गाउँपालिका– ३ बस्ने ४२ वर्षीय सुरेन्द्र मगर, तनहुँकै भानु नगरपालिका– १ बस्ने ३७ वर्षीय कृष्णप्रसाद सापकोटा र तनहुँकै ब्यास नगरपालिका– ११ बस्ने ४२ वर्षीय प्रेमबहादुर अधिकारी तथा गोरखा जिल्लाको गोरखा नगरपालिका– ११ बस्ने ४० वर्षका नरेन्द्र तामाङ र आकाश तामाङ ,कास्की जिल्लाको रुपा गाउँपालिका– ७ बस्ने रामबावु भट्टराई
रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नयाव उपरीक्षक गंगाबहादुर थापाले बताए ।
मध्यनेपाल नगरपालिका– १ सरेदीमा सुदिप थापाले सञ्चालन गरेको कृषि फर्ममा हारजितको बाजी राखि जुवा तास खेलाएको छ भन्ने बिशेष सूचना९सुराकी०को आधारमा यस कार्यालयबाट कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता ओमप्रकाश पुनले बताए ।
फर्मलाई प्रहरीले घेराबन्दी गरी जुवा तास खेल्ने निम्न स्थानमा फेला परेका जुवाडे मानिसहरूलाई नियन्त्रणमा लिई नियमानुसार खानतलासी गर्ने क्रममा जुवाको खालबाट नगद ११ लाख ४७ हजार ८४२ रुपियाँसहित सिल प्याक तास ३ गड्डी र खुल्ला तास ३१५ पत्ति बरामद गरिएको छ ।
Leave a Reply