आँखादान शुरु भएको २९ वर्षमा कतिले पाए पुर्नदृष्टि ?(भिडियोसहित)

जुनिषा कोइराला

 ग्लोबल टिभि      बिहिबार, जेष्ठ २५, २०८०      0

जुनिषा कोइराला– नेपालमा मृत्युपर्यन्त आँखा दान गर्नेहरुको संख्या बढ्दै गएको छ । नेपाल आँखा बैकका अनुसार हालसम्म १ लाख भन्दा बढिले आँखाको नानीदान गर्ने घोषणा गरेका छन् । विक्रम सम्बत् २ं०५१ साल भदौ ३१ गतेदेखि नेपाल आँखा अस्पतालले नेपालमा पहिलो पटक आँखा प्रत्यारोपण गरेको थियो । त्यस्तै तिलगंगा आँखा अस्पतालले पनि आँखाको नानि प्रत्यारोपण गर्दै आएको छ ।

नेपालमा आँखाको नानि प्रत्यारोपण शुरु भएको २९ वर्ष भइसकेको छ । विक्रम सम्बत् २ं०५१ साल भदौ ३१ गते नेपाल आँखा अस्पतालले नेपालमा पहिलो पटक आँखाको नानि प्रत्यारोपण गरेको थियो । त्यसैगरी तिलगंगा आँखा अस्पतालले पनि आँखाको नानि प्रत्यारोपण गर्दै आएको छ । तिलगंगा आँखा अस्पतालले हालसम्म १२ हजार भन्दा बढिले आँखा दान मार्फत पुनःदृष्टि पाइसकेका छन् । यसै अस्पतालमार्फत आँखाको नानि पाएकाहरु आँखा देख्न पाउँदा खुसि देखिन्छन् । जन्मजात आँखाको दृष्टि गुमाएर अहिले आँखादान मार्फत संसार देख्न पाउँदा स्याङ्जाका सविन बोगटीले खुसि व्यक्त गरेका छन् ।

तिलगंगा आँखा अस्पतालले आँखा दान महादान भन्दै दृष्टिविहिनहरुलाई आँखाको नानि प्रत्यारोपण गरेर नयाँ जिवन प्रदान गर्दै आएको छ । सुरुवातको अवस्थामा पशुपतिको आर्यघाटमा गएर आँखाको नानी संकलन गर्ने गरिएको तिलगंगा आँखा बैँकका व्यवस्थापक शंकर तोयानाथले बताएका छन् । सबै दृष्टिविहिनहरुलाई समान रुपमा आँखाको नानि वितरण गर्ने उनको भनाइ छ ।

यसअघि वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले मरणोपरान्त अर्थात निधनपछि आँखाको नानी दान गर्ने अठोट गरिसकेका छन् । मृत्युपर्यन्त आँखा दान कलाकारमा महजोडी नै पहिलो नम्बरमा पर्छन् । नेपालमा आँखाको नानी दान प्रत्यारोपणको काम तिलगङ्गा आँखा प्रतिष्ठानमा रहेको नेपाल आँखा बैङ्कले गर्दै आइरहेको छ । नेपालमा ६० हजारलाई आँखाको नानि आवश्यक रहेको छ । तर आवश्यकताअनुसार आँखाको नानी भने संकलन हुन सकेको छैन ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *