विभिन्न प्राविधिक पदमा लोकसेवा आयोगद्वारा विज्ञापन

 ग्लोबल टिभि      बुधबार, कार्तिक २६, २०७७      0

काठमाडौं । लोकसेवा आयोगले बुधबार निजामती सेवातर्फ विभिन्न प्राविधिक पदमा विज्ञापन गरेको छ । विभिन्न सेवा समूहका झन्डै ३ सय पदका लागि लोकसेवा आयोगले विज्ञापन प्रकाशित गरेको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रिक्त स्वास्थ्यतर्फ सातौं आठौं तह र निजामतीतर्फ राजपत्रांकित तृतीय श्रेणीको अधिकृत पदमा पदपूर्तिका लागि केही समयअघि मात्रै माग पठाएको थियो ।

सामान्य प्रशासनको सोही मागका आधारमा लोकसेवा आयोगले पदपूर्तिका लागि विज्ञापन आह्वान गरेको हो । ७० प्रतिशत खुला र ३० प्रतिशत आन्तरिक बढुवाको विज्ञापन रहेको लोकसेवा आयोगले जनाएको छ । स्वास्थ्य सेवातर्फका धेरै धेरै जसो पद स्थानीय तहमा समायोजन भई गएकाले यस पटक केन्द्रमा न्यून संख्यामा मात्रै माग भएको छ भने निजामती सेवातर्फ पनि न्यून संख्यामा माग भएको आयोगले जनाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *