काठमाडौँ । ललिता निवास जग्गा प्रकरणमा मुछिएका पूर्वसचिव दीप बस्न्यातलाई सर्वोच्च अदालतले ५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।
बस्न्यातले दिएको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले धरौटी वा जमानत लिई बस्न्यातलाई तारेखमा छाड्न आदेश दिएको हो ।
भौतिक पूर्वाधार मन्त्रालयका तत्कालीन सचिव बस्न्यातलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा गरेको घटनामा संलग्नको आरोपमा मुद्दा दायर गरेको थियो ।
त्यही मुद्दामा विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । तर बस्न्यातले आफ्नो उमेर ६९ वर्ष पुगेको, मुटुको बिरामी रहेको र कोरोना संक्रमण भएकाले मानवीय दृष्टिले थुनामुक्त गर्न आदेश माग गर्दै बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका थिए ।।
Leave a Reply