काठमाडौं । आज प्रदेश नम्बर १ का एक दुई स्थानमा भारी वर्षाको संभावना रहेको छ । देशका अन्य स्थानको केही स्थानमा पनि मेघगर्जन–चट्याङ्ग–हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।
हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली, दक्षिण–पूर्व भुभाग नजिक रहेको पूर्व–पश्चिम फैलिएको न्युन चापीय रेखा तथा बंगालको खाडीबाट प्रवाह हुने जल वाष्प युक्त हावाको प्रभाव रहेको महाशाखाको भनाइ छ ।
हाल देशको पहाडी भू–भागका केहि स्थान तथा प्रदेश नं १ को तराई भू–भागमा आँशिक देखि सामान्य बदली रही बाँकी भू–भाग सामानयतया सफा छ।
आज दिउँसो देशको प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य देखि पूर्ण बदली र बाँकी भू–भागहरुमा आंशिक देखि सामान्य बदलि रहने छ । साथै देशका केही स्थानहरुमा मेघगर्जन–चट्याङ्ग–हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ।
त्यस्तै आज राती देशका प्रदेश नं १, प्रदेश नं २ तथा बाँकि प्रदेशहरुका पहाडी भू–भागमा सामान्य देखि पूर्ण बदली र बाँकी भू–भागहरुमा आंशिक देखि सामान्य बदली रहने छ। देशका थोरै स्थानहरुमा मेघगर्जन–चट्याङ्ग–हावाहुरी सहित हल्का देखि मध्यम साथै प्रदेश नं १ का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
Leave a Reply