ग्लोबल टिभि
0
काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) चीन सरकारको स्वामित्वमा रहेको सिनोफार्मले उत्पादन गरेको कोरोनाविरुद्धको खोपलाई आपत्कालीन प्रयोगको अनुमति दिएको छ ।
युरोप र अमेरिकाबाहिर उत्पादित कोरोना खोपलाई डब्लूएचओले अनुमति दिएको यो पहिलोपटक हो । यसअघि डब्लूएचओले फाइजर–बायोएनटेक, अक्सफोर्ड–एस्ट्राजेनेका, जोन्सन एन्ड जोन्सन र मोडर्नाले बनाएको खोपलाई अनुमति दिएको थियो ।
सिनोफार्मले उत्पादन गरेको कोरोना खोप भेरोसेल चीनमा लाखौँले लगाइसकेका छन् । त्यस्तै विभिन्न ल्याटिन अमेरिकी र एसियाली मुलुकले पनि भेरोसेललाई आपत्कालीन प्रयोगका लागि अनुमति दिइसकेका छन् ।
Post Views: 1,697
Leave a Reply