आज देशका पहाडी क्षेत्रमा मध्यम वर्षा हुने

 ग्लोबल टिभि      सोमवार, बैशाख २७, २०७८      0

काठमाडौं । आज देशका केही स्थानहरुमा मेघगर्जन–चट्याङ्ग– हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली, दक्षिण–पूर्व भू–भाग नजिक रहेको पूर्व-पश्चिम फैलिएको न्युन चापीय रेखा तथा बंगालको खाडीबाट प्रवाह हुने जलवाष्प युक्त हावाको प्रभाव रहेको ले हल्का देखि मध्यम वर्षा हुने महाशाखाको भनाइ छ ।

अहिले प्रदेश १, तथा बाँकी प्रदेशका पहाडि भू–भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू–भाग मौसम सामान्यतय सफा रहेको छ। पहाडि भू–भागका थेरै स्थानमा मेघ गर्जन सहित वर्षा भई रहेको महाशाखाले जानकारी दिएको छ ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *