वाग्नर ग्रुपका प्रमुखलाई न्यायको कठघरामा उभ्याउने पुटिनको चेतावनी

 ग्लोबल टिभि      मङ्लबार, असार १२, २०८०      0

असार १२ – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले देशविरुद्ध विद्रोह गर्ने भाडाको सैन्य समूह वाग्नर ग्रुपको नेतृत्वलाई न्यायको कठघरामा उभ्याउने चेतावनी दिए।

वाग्नर ग्रुपको विद्रोपछि पहिलो पटक देशवासीका नाममा सम्बोधन गरेका पुटिनले रुसलाई रक्तपातपूर्ण संघर्षमा धकेल्न खोजेको वाग्नरका कमाण्डरलाई कानूनको कठघरामा उभ्याउन चेतावनी दिएका हुन्।

उनले आफ्नो सम्बोधनमा वाग्नर ग्रुपका लडाकु तथा केही कमाण्डर भने देशभक्त भएको समेत उल्लेख गरे। वाग्नर ग्रुपले गत शनिबार न्यायका लागि भन्दै सैन्य नेतृत्वविरुद्ध विद्रोहको घोषणा गरेको थियो। वाग्नर ग्रुपले केही रुस सहरसमेत नियन्त्रणमा लिएर मस्कोतर्फ अघि बढेपछि रुसले बेलारुसको मध्यस्थतामा विद्रोह सामसुम पारेको थियो।

वाग्नरको विद्रोहमा रुसी राष्ट्रपति झुकेको भन्दै विभिन्न ठाउँबाट आलोचना भएपछि पुटिनले देशवासीका नाममा सम्बोधन गर्नुभएको हो। सम्बोधनमा उनले आफूहरुले वाग्नरको विद्रोह २४ घण्टाभित्र खतम पारिदिएको दाबी गरे।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *