रामेछाप । चिसो बिस्तारै बढिरहेको बेला जाडोले बृद्ध बृद्धाहरुलाई बढी सताउने गर्छ । त्यस्मा पनि बिपन्न नागरिकहरुले जाडोमा पाउने सास्ती बयान गरि नसक्नु छ ।
बृद्ध बृद्धाहरुको यस्तै पीडा अनुभूति गरेर बिभिन्न स्थानमा समाजसेवीहरुले उदाहरणिय काम गर्ने गर्छन् । यसै क्रममा कांग्रेस युवा नेता एव समाजसेवी निरोज तामाङले बृद्ध बृद्धाहरुलाई न्यानो कपडा बितरण गरेर गुन लगाएका छन् ।
रामेछाप जिल्ला गोकुलगंगा गाउँपालिका वडा नम्बर १ निवासी कांग्रेस नेता तथा समाजसेवी पुर्ण बहादुर तामाङ्ग (कान्छाराम ) को छोरा युवा नेता तथा समाजसेवी निरोज तामांङ्गले गोकुलगंगा गाउँपालिका वडा नम्बर १ को चुचुरे र कोक्सीला टोल निवासी ३५ जना बृद्धाहरुलाई न्यानो कपडा बितरण गरेका हुन् । उनले आफ्नो स्व. हजुरबुबा शेर बहादुर तामाङ्ग, हजुरआमा गंगा जमुना तामाङ्ग र चित्र बहादुर तामाङ्ग समेतको सम्झनामा न्यानो कपडा वितरण गरेको जानकारी दिएका छन् ।
समाजसेवा गर्न पाँउदा आँफूलाई अपार खुशी लाग्ने भन्दै तामाङले भबिष्यमा पनि राजनीति संग संगै समाजसेवालाई पनि अघि बढाउने प्रतिबद्वता जनाएका छन् ।
Leave a Reply