कोशीमा सरकार गठनमा सकस, निर्णायक राप्रपाले कसलाई देला साथ ?(भिडियोसहित)

कैलाश कठायत

 ग्लोबल टिभि           0

कैलाश कठायत– नेकपा एमाले नेतृत्वको सरकार ढलेपछी कोशी प्रदेशमा नया सरकार गठनको कसरत सुरु भएको छ । केन्द्रको सत्तारुढ गठबन्धनले कांग्रेसका उद्धव थापालाई मुख्यमन्त्री बनाउने निर्णय गरिसकेको छ । तर स्पष्ट बहुमत पु¥याउन सत्तारुढ दलहरुलाई सकस भईरहेको छ । अहिलेको समिकरणअनुसार सरकार बनाउने र ढलाउने भुमिकामा निर्णायक रहेको राप्रपातिर सबैको आँखा छ ।

प्रदेशसभामा बिश्वास गुमाएपछी कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की अहिले कामचलाउको भुमिकामा छन् । कार्की नेतृत्वको सरकार ढलेपछि अहिले नयाँ सरकार गठनको कसरत शुरु भएको छ । केन्द्रको समिकरण अनुसार कार्की नेतृत्वको सरकार ढलाएको सत्तारुढ गठबन्धनले कोशीको नेतृत्व कांग्रेसलाई दिने सहमती गरिसकेको छ । सत्तारुढ दलका शिर्ष नेताहरुको बैठकले नेपाली कांग्रेस संसदिय दलका नेता उद्धब थापालाई मुख्यमन्त्री बनाउने निर्णय नै गरिसकेको छ ।

केन्द्रको निर्णयअनुसार सत्तारुढ गठबन्धनको प्रदेशका नेताहरुले आफ्नो पक्षमा बहुमत पु¥याउन कसरत सुरु गरेका छन । खासगरी नेपाली कांग्रेसले आफ्नो नेतृत्वको सरकारमा सहभागी गराउने गरी राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेश तहका नेता र सांसदहरुलाई फकाउन थालेको छ । केन्द्रमा पनी कांग्रेसको शिर्ष नेतृत्वले राप्रपाको शिर्ष नेतृत्वसँग सहयोग मागीरहेको छ । सत्तारुढ गठबन्धनसँगै नेकपा एमालेले पनी कोशीको सरकारको नेतृत्व पुनः गर्ने गरी राजनीतिक लबिङ गरिरहेको छ । एमालेले राप्रपालाई साथैमा लिएर अन्य दलका सांसदहरुलाई फकाउने रणनीति लिएको छ । यता सरकार बनाउने र ढलाउने भुमिकामा निर्णायक रहेको राप्रपा भने अझै अनिर्णित छ । राप्रपाले नत कांग्रेसलाई साथ दिने निर्णय गरेको छ, नत एमालेकै पक्षमा रहने निर्णय गरेको छ ।

कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले आइतबार ५ दिन समय दिएर नयाँ सरकार गठनको आह्वान गरेका छन् । सरकार गठनका लागी प्रदेश प्रमुखले दिएको समय सकिन अब धेरै समय बाकी छैन । तर सत्तारुढ दल र बिपक्षी गठबन्धनलाई ९३ मध्ये ४७ सांसदको मत जुटाउन अहिले पनि हम्मेहम्मे भईरहेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *