बोल्दै नबोलेको कुरामा विपक्षीले बबण्डर मच्चाए : प्रधानमन्त्री

 ग्लोबल टिभि           0

असार २० –  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले बोल्दै नबोलेको विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पूर्वाग्रही राखेको बताएका छन्। राजधानीमा आयोजित पार्टी निकट विद्यार्थीहरूको कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रीतम सिंह पटक–पटक दिल्ली गएको भन्ने विषयमा अनरगल प्रचार गरेर प्रतिपक्षले बबण्डर मच्चाएको स्पष्ट पारे।

दाहालले भने, ‘म आज सुन्दैछु एउटा सिको किताब बिमोचन गर्दै गर्दा मैले बोलेको कुरामाथि टिकाटीप्पणी भइरहेको छ । उनले बोलेको कुरा मैले बोलेको मेरो कुरा होइन । मैले भने उहाँ सामाजिक सेवा र यातायात क्षेत्रमा मात्रै होइन राजनीतिमा पनि चासो राख्नुहुन्छ । मलाई प्रधानमन्त्री बनाउन कहिले कहाँ कहिले कहाँ पुग्नुहुन्छ । कहिले दिल्ली कहिले नेपालका मान्छेसँग लाग्नुहुन्थ्यो उहाँ । उहाँको बारेमा भनेको कुरालाई अब त्यसलाई उचालेर फेरि एकचोटी बबण्डर गर्न खोजिएको छ । मलाई लाग्छ त्यो बेलुन पनि छिट्टै फुट्नेवाला छ । त्यसले केहि दिनेवाला छैन । यसबाट विपक्षीहरुमा कति धेरै पूर्वाग्रह छ भन्ने देखिन्छ । तर, पनि हामी दृढताका साथ हाम्रो मिसनमा अघि बढेका छौं । ‘

नेपालमा पहिलो पटक ट्रक ल्याएका सरदार समुदायका प्रितम सिंहमाथि किरणदीप सन्धुले लेखेको पुस्तक ‘रोड्स टु द भ्यालीः द लिगेसी अफ सरदार प्रितम सिंह इन नेपाल’ विमोचन कार्यक्रममा दाहालले  आफूलाई प्रधानमन्त्री बनाउन व्यवसायी प्रीतम सिंहले धेरै मिहिनेत गरेको र दिल्लीसमेत धाएको बताएका थिए ।

प्रधानमन्त्रीको सोही अभिव्यक्तिलाई लिएर विरोध सुरू भएको छ। आजै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रतिनिधिसभा बैठकमा सोही विषयमा प्रधानमन्त्रीको जवाफ माग्ने तयारी गरेको छ। बैठक दिउँसो ३ बजे बस्दैछ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *