बोलीमा लगाम लगाउन नसक्दा आलोचित प्रचण्ड, एमालेले माग्यो राजीनामा

कैलाश कठायत

 ग्लोबल टिभि           0

कैलाश कठायत

असार २१ – प्रधानमन्त्री पुष्पकमल दाहालले दिएको एक अभिब्यक्तीले अहिले नेपाली राजनीति तरगिंत छ । आफुलाई प्रधानमन्त्री बनाउन प्रीतम सिंह पटकपटक दिल्ली पुगेको भन्दै दिएको अभिब्यिक्तीले प्रधानमन्त्री प्रचण्ड आलोचित बनेका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री प्रचण्डको राजीनामा मागेको छ ।

आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंहले धेरैपटक दिल्ली भ्रमण गरेको भनी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको अभिव्यक्तिले राजनीनितिक वृत्त तरंगित बनेको छ । गत सोमबार काठमाडौँमा भएको एक कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आफुलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटकपटक दिल्ली गएको अभिब्यक्ती दिएका थिए । उनको यो अभिब्यक्तीको बिपक्षी दलहरुले कडा आलोचना गरेका छन् । खासगरी प्रमुख प्रतिपक्षी दल नेकपा एमाले प्रचण्ड बिरुद्ध आक्रामक बनेको छ । प्रचण्डले दिएको अभिव्यक्ति सार्वभौमिकता र संविधानविपरीत भएको एमालेको ठहर छ । बुधबार संसदिय दलको बैठक बसेर एमालेले प्रधानमन्त्री प्रचण्डको राजीनामा मागेको छ ।

आफ्नो अभिब्यक्तीको चर्को आलोचना हुन थालेपछी यता प्रधानमन्त्री प्रचण्डले पनी आफुलाई प्रधामन्त्री बनाउन सरदार प्रितम सिंह पटकपटक दिल्ली धाएको भन्ने विषयमा मुख खोलेका छन् । उनले सरदार सिंहले बोलेको कुरा आफुले स्मरण मात्रै गरेको प्रष्टिकरण दिएका छन् । यही बिषयलाई उचालेर बिपक्षी दलहरुले बबण्डर गर्न खोजेको भन्दै प्रचण्डले आक्रोश पोखे । विपक्षीले पूर्वाग्रही तबरले यो बिषय उठाएको उनको भनाई छ ।

प्रचण्डले आफ्नै बोलीका कारण आलोचित हुनुपरेको र प्रष्टिकरण दिनुपरेको यो अभिब्यक्ती पहिलो भने होईन । मनको कुरा मुखले बोल्न कत्ति पनि नहिचकिचाउने प्रचण्ड बिगतमा पनी आफ्नै अभिब्यक्तीका कारण थुप्रै पटक बिबादित र आलोचित बनेका छन । गत जेठमा भारत भ्रमणमा रहदा प्रचण्डले लिपुलेक, कालापानी र लिम्पियाधुरा भारतिय भुमिसँग साटफेर गर्न सकिने बताएका थिए । उक्त अभिब्यक्ती बिबादित बनेपछी प्रचण्डले संसदको रोष्टममा उभिएर प्रष्टिकरण दिएका थिए ।

त्यसअघि २०७६ साल माघ १ गते काठमाडौँ टुडिखेलमा प्रचण्डले माओवादी ससत्र युद्धका क्रममा मारिएका १७ हजारमध्ये ५ हजारको जिम्मा लिने भन्दै दिएको अभिब्यक्ती पनी बिबादित बनेको थियो । उनको उक्त अभिब्यक्तीलाई लिएर सर्वोच्च अदालतमा मुद्धा नै परेको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *