इमर्जिङ कप जित्ने लक्ष्यसहित नेपाली टोली श्रीलंकामा, खेल्नेछ विराट र बाबरको टोलीसँग(भिडियोसहित)

 ग्लोबल टिभि      सोमवार, असार २५, २०८०      0

विनोद– श्रीलंकामा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ क्यानले टोलीको बिदाइ गरेको हो । इमर्जिङ टिम्स एसिया कप जुलाई १३ देखि २३ सम्म श्रीलंकामा हुँदैछ । टोली आजै श्रीलंका प्रस्थान गर्नेछ । नेपाल रहेको समूह बी मा पाकिस्तान ए, भारत ए र यूएई छन् । टोलीमा भने स्टार बलर सन्दीप लामिछाने छैनन् ।

आगामी जुलाई १३ देखि २३ सम्म श्रीलंकामा हुने एसीसी इमजिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगिता खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको विदाइ गरिएको छ । रोहितकुमार पौडेलको कप्तानीमा रहेको नेपाली टोलीलाई सोमबार एक कार्यक्रमका वीच नेपाल क्रिकेट संघ क्यानका पादाधिकारीले विदाई गरेका हुन् ।

श्रीलंकामा हुने एसीसी इमजिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल समुह वीमा रहेको छ । समुह वी मा नेपाल सहित पाकिस्तान ए, भारत ए र यूएई रहेका छन् । त्यस्तै समुह ए मा श्रीलंका ए, बंगलादेश ए, अफगानिस्तान ए र ओमान छन् । यसरी हेर्दा नेपाल, यूएई र ओमनले मात्रै टिममा सिनियर खेलाडी राखेका छन् । अन्य देशहरुले भने टिममा ए ग्रेडका खेलाडीलाई प्राथमिकता दिएका छन् । इमर्जिङ कपमा कुनैपनि खेललाई एकदीवसीय मान्यता समेत नदिइने भएको छ ।

इमर्जिङ कप उचाल्ने लक्ष्यसहित श्रीलंका उडेको नेपाली टोलीमा ठुलो परिबर्तन समेत गरिएको छ । नियमित तथा टोलीका भरपर्दा ५ जना खेलाडी विविध कारण देखाउदैँ टोली बाहिर रहेका छन् । जसमा स्टार बलर सन्दीप लामिछाने, अलराउन्डर दिपेन्द्रसिंह ऐरी, ब्याटर ज्ञानेन्द्र मल्ल, बलर करण केसी, अलराउन्डर आरिफ शेख टिमबाहिर रहेका छन् ।सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरी ग्लोबल टी–२० लिग खेल्न क्यानडा जाने भएपछि टिममा समाबेश नगरिएको क्यानले बताएको छ । पछिल्लो समय नेपालको बलिङ लाइन एक्लै धानिरहेका बलिङ स्टार सन्दीप टोलीमा सहभागि नहुदाँ नेपाली टोलीमा उनको अभाव समेत खड्किने देखिएको छ । त्यस्तै ज्ञानेन्द्र मल्ल र करण केसी टिममा विश्राम दिइएको क्यानको भनाई छ । विदाईपछि कप्तान रोहितकुमार पौडेलले टोलिमा बलरको अभाव रहेको भन्दै सन्दीप र करणलाई मिस गरेको बताए ।

त्यस्तै यसअघि टोलीमा समावेश गरिएका आरिफ शेखले व्यक्तिगत कारण देखाउँदै नाम फिर्ता लिएका छन् । शेखले नाम फिर्ता लिएपछि उनको ठाउँमा पवन सर्राफलाई टोलीमा राखिएको नेपाली टोलीका मुख्य छनोटकर्ता दिपेन्द्र चौधरीले बताएका छन् । टोलीमा महत्वपूर्ण पाँच खेलाडी नहँदा यूवा स्टारहरुले मौका पाएका छन् । टोली यूवा खेलाडी देव खनाल, श्याम ढकाल, सूर्य तामाङ र सन्दीप जोराले स्थान बनाएका हुन् । टोलीमा कप्तान रोहित कुमार पौडेल सहित कुशल भुर्तेल, आसिफ शेख, अर्जुन साउद, कुशल मल्ल, गुल्सन झा, सोमपाल कामी, भीम सार्की, प्रतिश जिसी, ललित राजवंशी र किशोर महतो छन् । नेपालले पहिलो खेल जुलाई १४ मा पाकिस्तान ए सँग खेल्नेछ । दोस्रो खेल जुलाई १७ मा भारत ए सँग र तेस्रो खेल जुलाई १९ मा युएईसँग खेल्नेछ । केहिदिनअघि मात्रै जिम्बाब्बे एकदिवसीय विश्वकप छनोट प्रतियोगिता खेलेर स्वदेश फर्किएको नेपाली टोली उच्च मनोबलका साथ एसीसी इमजिङ टिम्स एसीय कप उचाल्ने लक्ष्य सहित श्रीलंका उडेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *