ग्लोबल टिभि
मङ्लबार, बैशाख २८, २०७८
0
काठमाडौँ : सर्वोच्च अदालतले कोरोना संक्रमितको उपचारका लागि स्रोत साधनयुक्त अस्पताल सञ्चालनमा ल्याउन र अक्सिजन आपूर्ति सहज बनाउनसरकारका नाममा अन्तरिम आदेश दिएको छ ।
न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले संक्रमितको उपचारका लागि थप स्रोतसाधनयुक्त अस्पताल सञ्चालनमा ल्याउन, आवश्यक औषधि र अक्सिजनको आपूर्ति सहज बनाउन अन्तरिम आदेश दिएको हो ।
अधिवक्ता शैलेन्द्रकुमार अम्बेडकरको रिटमाथि सुनुवाई गर्दै अदालतले बिरामीको चापअनुसार अस्पतालमा जनशक्ति आपूर्ति गर्न पनि सरकारलाई भनेको छ ।
Post Views: 1,072
Leave a Reply