निरन्तरको वर्षाका कारण काठमाडौ उपत्यकामा आवात–जावत गर्न सास्ती

सुनिता बास्कोटा

 ग्लोबल टिभि      बिहिबार, असार २८, २०८०      0

असार २८ – नेपालको संघिय राजधानी काठमाडौँ । जुन शहर समृद्ध, सुरक्षित र जीवन्त अनि स्वच्छ र सुन्दर होस् भन्ने आम मानिसहरुको चाहनाको विषय हो । तर वर्षातमा हिलाम्मे अनि हिउँदमा धुलाम्मे काठमाडौँ शहरमा आम मानिसहरुलाई दैनिक आवातजावतमा समस्या हुने गरेको छ । यता सरकार र सम्बन्धित निकायको पनि खासै ध्यान जान सकेको देखिदैन । सरकारी निकायले विभिन्न समयमा सडक विस्तार र सुधारका लागि विभिन्न निति नियम, नारा ल्याएपनी ती केवल नारा र भाषणमा मात्रै सिमित हुने गरेको छ ।

काठमाडाँै उपत्यकाको धुुलो र हिलोको समस्यालाई समाधान गर्नु एउटा चुनौतीको विषय बनेको छ । नेपालको संघिय राजधानि काठमाडाँै वर्षातमा हिलाम्मे अनि हिउँदमा धुलाम्मे हुनु कुनै नौलौ विषय होईन । हिंउदमा कुईरीमण्डल धुलो उडेर मान्छे चिन्नै नसक्ने अवस्था सिर्जना हुन्छ भने वर्षातमा पानी पर्दा ढलको सहि व्यवस्थापन नहूंदा बाढि आए सरह जस्तै हुने गर्दछ । यसरी हरेक वर्ष सिर्जना हुने यस्ता समस्याहरुले आम मानिसहरुलाई आक्रान्त पार्दै गएको छ ।

अहिले मनसुन लागेसँगै राजधानीका प्राय सडक हिलाम्मे बनेका छन् । काठमाडौंका सडकमा पानी परेको बेलामा सवारीसाधन रोकेर राख्नुपर्ने अवस्था समेत छ । कतिपय स्थानका सडकहरु वर्षौंदेखि निर्माणाधिन अवस्थामा छन् भने कतिपय सडकहरु सरकारले बनाउन चाहिरहेको छैन । पानी पर्दा सवारी रोक्नुपर्ने, घाम लाग्दा धुवाँ र धुलोले सडकमा हिँडिन नसक्नुकोे अवस्था हुन्छ । यसको सम्पूर्ण असर भने आम नागरिकलाई नै परेको छ । सडक व्यवस्थापनमा सरकारी निकायले वेवास्ता गर्दा यस्ता समस्या भोग्नु परेको सर्वसाधारणको गुनासो छ ।

पानी परेको बेला हिलाम्मे र घाम लागेका बेला हिलाम्मे हुने गरेपनि सरकारी निकायले धुलो नियन्त्रणको काम गर्न सकेको छैन । पानी पर्दा खाडलमा धमिलो पानी भरिने र बाटो नदेखिनुले सवारी दुर्घटना पनि झनै बढेको छ । यता सडक निर्माणमा सरकारको लापरबाहीका कारण दुर्घटनामा परेर सयौंकोे ज्यान समेत जाने गरेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *