बजारमा बढ्यो तिहारका लागि किनमेल गर्नेको भिड

 ग्लोवल टि.भी.      बुधबार, कार्तिक २६, २०७७      0

काठमाडौं । नेपालीहरुको मुख्य चाड तिहार नजिकिएसँगै बजारमा तिहारलाई आवश्यक पर्ने सामानको किनमेल गर्नेहरुको भिड बढेको छ । बजारमा सामाजिक र भौतिक दूरी कायम हुन नसक्दा संक्रमणको थप जोखिम देखिएको हो ।

काठमाडौंमा विशेषगरी असन, भोटाहिटी, न्युरोड, इन्द्रचोक लगायतका मुख्य बजारमा तिहारका लागि चाहिने सामान किनमेल गर्ने ग्राहकको चहलपहल बढेको छ ।

बजारमा सामाजिक र भौतिक दूरी कायम हुन नसक्दा संक्रमणको थप जोखिम देखिएको हो । काठमाडौं उपत्यकामा दैनिक रुपमा एक हजार भन्दा बढी कोरोना संक्रमित थपिदै आएका छन् ।

प्रायः सधैं भिडभाड भइरहने काठमाडौंको असन बजार तिहार नजिकिएसंगै झनै भिडभाड देखिन्छ । विभिन्न सरसामानको किनमेल गर्न सर्वसाधारणको भिड लागेको छ ।

भान्सादेखि पूजाकोठा र नुनदेखि सुनसम्मका सबै सामग्री भेटिने यी स्थानमा चाडपर्वको समयमा झनै भिडभाड हुने गरेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *