ग्लोबल टिभि
शनिबार, साउन ६, २०८०
0
साउन ६– निजी क्षेत्रको लगानीमा निर्माण सम्पन्न भएको ४० मेगावाटको अपर चमेलिया विद्युत् आयोजनाको उत्पादन परीक्षण सुरु भएको छ । अपि पावर कम्पनीले निर्माण गरेको उक्त आयोजनाले शुक्रबार उत्पादन परीक्षण सुरु गरेको हो । दार्चुलाको मार्मा गाउँपालिका१ किम गडामा रहेको बाँधबाट ६ किलोमिटर तल वडा नम्बर २ को घट्टी गाडमा रहेको पावर हाउसमा पानी खसालेर परीक्षण सुरु गरिएको छ ।
शनिबारदेखि परीक्षणका रुपमा विद्युत् उत्पादन गरी वलांचस्थित सवस्टेशनबाट राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । आयोजनाका प्रबन्ध निर्देशक संजीव न्यौपानेले भने, ‘६ हजार १ सय मिटर लामो पेन्सटक पाइपलाइन, तीनवटा टर्वाइन, जेनेटर र अन्य प्राविधिक उपकरण परीक्षण सफल भएपछि विद्युत् उत्पादन सुरु भएको हो ।’ दुई सातापछि व्यावसायिक उत्पादन सुरु हुने पनि उनले जानकारी दिए ।
Post Views: 175
Leave a Reply