सोह्रखुट्टेमा मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु

 ग्लोबल टिभि      आइतवार, साउन ७, २०८०      0

साउन ७- काठमाडौँको सोह्रखुट्टेमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–१६ सोह्रखुट्टे उकालोमा आइतबार बा ४ ख ७४११ नम्बरको बसमा बा ६४ प ४९३२ नम्बरको मोटरसाइकल ठोकिँदा नुवाकोटका २३ वर्षीय शिवसुन्दर गजुरेलको मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक नुवाकोट वेलकोटगढी नगरपालिका–९ घर भई हाल काठमाडौँ बालुवाटार बस्ने गजुरेलको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले दुर्घटनामा गम्भीर घाइते भएका गजुरेलको उपचारका क्रममा नयाँबजारस्थित पिपुल्स अस्पतालमा मृत्यु भएको जानकारी दिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *