बंगलादेशी समकक्षीसँग प्रधानमन्त्री प्रचण्डको साइडलाइन वार्ता

 ग्लोबल टिभि           0

साउन ९- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाबीच इटालीमा भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसंघीय खाद्य प्रणाली शिखर सम्मेलनको साइडलाइनमा दुई नेताबीच भेटवार्ता भएको हो ।

प्रधानमन्त्रीको सचिवालय अनुसार भेटवार्तामा दुई देशको सम्बन्ध र आपसी सहकार्यको विषयमा छलफल भएको थियो । प्रधानमन्त्री प्रचण्ड शनिबार सम्मेलनमा भाग लिन इटाली पुगेका हुन् ।

सोमबार अतिकम विकसित राष्ट्रहरूको समूह (एलडीसी) को अध्यक्षका हैसियतमा प्रधानमन्त्री प्रचण्डले सम्मलेनलाई सम्बोधन गरेका थिए । त्यस्तै उनले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गरेका थिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *