नेक्स्ट जेनेरेसन साइबर सेक्युरीटी सोलुसन : अनम्याच्ड प्रोटेक्सन विथ कास्परस्काइ बजारमा

 ग्लोबल टिभि      शुक्रबार, साउन १२, २०८०      0

साउन १२ –   नेपालमा बढ्दो साइबर सुरक्षाको जोखिमलाई मध्येनजर गर्दै कास्परस्काइ साइबर सुरक्षा समाधानमा नेक्स्ट जेनेरेसन साइबरसेक्युरिटी सोलुसन: अनम्याच्ड प्रोटेक्सन विथ कास्परस्काइ ल्याएको छ।

बिहीबार एक कार्यक्रमका बीच सागर डिस्टीब्युसन प्राइभेट लिमिटेड सर्भले अन्लाइन र इन्टरनेट सेक्युरिटीका लागि साइबर सेक्युरिटी ल्याएको जनाएको छ।

उक्त संस्थाले  प्रयोगकर्ताहरूलाई बेजोड सुरक्षा प्रदान गर्ने र उनीहरूको डिजिटल सम्पत्तिहरूको सुरक्षा गर्ने जनाएको छ।

कास्परस्काइका  प्रवक्ता पुरुषोत्तम भाटियाले नेक्स-जेन साइबर सेक्युरिटीले ग्राहकहरूलाई उच्च स्तरको साइबरसम्बन्धी समस्यालाई  समाधानहरू उपलब्ध गराउन महत्त्वपूर्ण सहयोग पुग्ने बताए।

‘यसको उन्नत सुविधाहरू र बलियो सुरक्षाको साथ कास्परस्काइले डिजिटल सेक्युरिटी को लागि नयाँ मानक सेट गर्दछ’, उनले भने।

नेपाल आधिकारिक वितरक सागर समूहका प्रमुख प्रकाश भण्डारीले  हालका नेपालमा साइबर सुरक्षा परिदृश्य हेर्दा गोपनीयता र डेटा सुरक्षालाई असर देखिन सक्ने बताए। आजको दिनमा पनि प्राविधिक व्यक्तिहरूले पनि उन्नत एन्टिभाइरस वा सुरक्षा समाधानहरूको महत्त्वलाई जोड नदिएको बताउँदै उनले आजको संसारमा बढ्दो साइबर थ्रेटहरूमा आफूहरू गम्भीर हुनुपर्ने बताए।

उनले भने, ‘तपाईंको डिजिटल जीवनलाई साँच्चै सुरक्षित गर्न, एन्टिभाइरस र कास्परस्काइजस्ता उन्नत सुरक्षा समाधानहरूमा लगानी गर्नु महत्त्वपूर्ण छ।’

उनले कास्परस्काइ स्टाण्डर्ड १ डिभाइस एक वर्षका लागि ९ सय ९९ रुपैयाँ, ३ डिभाइस एक हजार ९ सय ९९, कास्परस्काइ  प्लस १ डिभाइस एक वर्षका लागि १ हजार ९ सय ९९,  कास्परस्काइ  प्लस ३ डिभाइस एक वर्षका लागि तीन हजार ४ सय ९९, कास्परस्काइ प्रिमियम १ डिभाइस १ वर्ष ३ हजार ४ सय ९९ र कास्परस्काइ प्रिमियम ३ डिभाइस १ वर्षका लागि ५ हजार ४ सय ९९ शुल्क लाग्ने बताए।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *