साउन १६ – नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश सरकारमा जान तयार भएको छ। मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुसँगकाे भेटपछि नाउपा सरकारमा सहभागी हुन तयार भएको हो।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवा, एकीकृत समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल, उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्ण बहादुर खड्का,सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह,नागरिक उन्मुक्ति पाटीकी अध्यक्ष रन्जिता श्रेष्ठ चौधरी लगायत सहभागी थिए।
मन्त्री श्रेष्ठका अनुसार सुदूरपश्चिममा नाउपाले कृषि मन्त्री, कृषि राज्यमन्त्री र दुईवटा संसदीय समितिको सभापति पाउने छ। उनले सरकारमा कसलाई मन्त्री बनाउने भन्ने विषय पार्टीको संसदीय दलको बैठक बसेर टुंगो लाग्ने बताइन्।
Leave a Reply