साउन १८ – जनमत पार्टीको केन्द्रीय समिति बैठक काठमाडौंमा बसेको छ। बिहीबार काठमाडौंमा केन्द्रीय समिति, राजनीतिक समिति र केन्द्रीय कार्यकारिणी समितिको बैठकमा एकैपटक बसेको हो। बैठकमा सरकारमा सहभागी हुनेकुरा मुख्य एजेण्डा रहेको छ।
बैठकअघि न्युज एजेन्सी नेपालसँग कुरा गर्दै पार्टीका अध्यक्ष डा चन्द्रकान्त राउतले सरकारमा सहभागी हुने एजेण्डासहित बैठक बस्न लागेको बताए। उनले संगठन सुदृढीकरण अभियानलाई प्रभावकारी बनाउने विषय रहेको पनि बताए।
उनले भने, ‘केन्द्रीय समिति, राजनीतिक समिति र केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्यो। हाम्रो मूल एजेण्डा भनेको संगठन सुदृढीकरण, अभियान चल्दै छ। त्यसलाई कसरी प्रभावकारी बनाउने विषयमा केन्द्रित छ। विभिन्न समितिमा मनोनीत गर्नुपर्ने नामहरु मनोनीत गर्न र विभिन्न विभाग गठन गर्न बैठक बसेको हो। सरकारमा सहभागीताको विषयमा पनि छलफल हुनेछ।’
अध्यक्ष राउतले पार्टीको बैठकमा पार्टीका विभिन्न समितिमा मनोनीत गर्नुपर्ने सदस्यहरु, विभिन्न विभाग गठनको विषयमा पनि छलफल हुने बताए।
Leave a Reply