दोलखामा पहिरो, १ जनाको मृत्यु, ३ जना बेपत्ता, ३ जना घाइते

 ग्लोबल टिभि      शुक्रबार, साउन १९, २०८०      0

साउन १९ –  दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका-८ मा गएको पहिरोको कारण एक जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् । गएराती नौ बजेको अविरल बर्षासँगै आएको पहिरोले गाउँपलिका-८ बाट आएको पहिरोले ७ नम्बर वडाको बस्तिमा क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रमुख डिएसपी दिपक खड्काले बताउनुभयो ।

पहिरोले गाउँपालिका -७ का हरिलाल श्रेष्ठ, कृष्ण बहादुर मगर र उहाकी श्रीमती र यज्ञ बहादुर थामिको १५ महिनाको नाति रहेको उहाँले बताउनुभयो । थामिको १५ महिनाको नातिको मृत्यु भएको प्रहरी प्रमुख खड्काले बताउनुभयो ।पहिरोमा परि ३ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

बेपत्ताको खोजी भइरहेको घटनाको बिषयमा थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *