शिक्षा ऐन नक्कली पाएपछि सच्याएर सदनमा पेस गर्दैछौँः प्रधानमन्त्री

 ग्लोबल टिभि      शुक्रबार, साउन २६, २०८०      0

साउन २६ –  प्रधानमन्त्री पुष्पकमल दाहालले  मन्त्रीपरिषदबाट शिक्षा ऐन पारित गर्ने क्रममा नक्कली पाएपछि सच्याउन लागेको बताएका छन्।

आज स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत मन्त्री बनेको सय दिन पूरा भएको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो कुरा बताएका हुन।उनले नक्कली शिक्षा ऐन मन्त्रीपरिषदमा फेला परेपछि त्यसलाई सच्याएर मात्रै संसदमा पेस गर्न तयारी गरिरहेको बताए।

प्रधानमन्त्री दाहालले केही नीतिगत सुधार गरेर नर्सिङ सेवामा देखा परेका चुनौती सामना गर्न सरकार लागिपरेको बताए। उनले नयाँ संकल्प र सहित नयाँ प्रतिविद्धतासहित सामाजिक न्याय, सुशासन र समृद्धिको यात्रामा आफू रहेको भन्दै स्वास्थ्य, शिक्षा र जनतालाई सेवा प्रदान गर्नेकुरामा ध्यान केन्द्रित रहेको बताए।

प्रधानमन्त्री दाहालले नेपाली नर्सहरू विदेश पलायन हुने परिस्थितिलाई रोक्न सरकार लागेको जानकारी गराए।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *