फिफा महिला विश्वकप : स्पेन २-१ ले स्विडनलाई पराजित गर्दै पहिलो पटक फाइनलमा

 ग्लोबल टिभि      मङ्लबार, साउन ३०, २०८०      0

साउन ३० –  अन्तिम समयमा निकै रोमाञ्चक बनेको खेलमा स्विडनलाई २-१ ले पराजित गर्दै स्पेन पहिलो पटक फिफा महिला विश्वकपको फाइनलमा प्रवेश गरेको छ।न्युजिल्यान्डको अकल्यान्डस्थित इडेन पार्कमा मंगलबार भएको पहिलो सेमिफानलमा तीनै गोल खेलका अन्तिम ९ मिनेटमा भएका थिए।

स्पेनलाई जिताउन सल्मा पारालुयलो र ओल्गा कार्मोनाले १/१ गोल गरे। स्विडनका लागि रेबिका ब्लोमक्विस्टले सान्त्वनास्वरुप १ गोल फर्काइन्। खेलको ८१औं मिनेटमा पारालुयलोले गरेको गोलबाट स्पेनले अग्रता लिएको थियो। ८८औं मिनेटमा ब्लोमक्विस्टले गोल गर्दै खेल बराबरीमा लगिन्।

स्विडनले गोल फर्काएको एक मिनेटपछि नै कार्मोनाले गोल गर्दै स्पेनलाई २-१ को रोमाञ्चक जित दिलाइन्। स्पेनले नेदरल्यान्ड्सलाई २-१ र स्विडनले पनि जापानलाई २-१ ले नै पराजित गर्दै सेमिफाइनल पुगेका थिए। स्पेनले उपाधिका लागि अस्ट्रेलिया र इङ्ल्यान्डबीच भोलि हुने दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *