पहाडी क्षेत्रमा मेघगर्जन–चट्याङ्गसहित हल्का वर्षाको संभावना

 ग्लोबल टिभि      आइतवार, जेष्ठ २, २०७८      0

काठमाडौं । आज दिउँसो देशका पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन–चट्याङ्गसहित हल्का वर्षाको संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र नेपालको दक्षिण–पूर्वी भ–भाग नजिक रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको महाशाखाको भनाइ छ । पहाडी भूभागमा आंशिक बदली रहेको र बांकी भू–भागहरुमा मौसम सामान्यतया सफा रहेको छ ।

आइतवार दिउँसो प्रदेश १ लगायतका देशका अन्य पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू–भागहरुमा आंशिक बदली रहने छ । देशका पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जन–च्याङ्गसहित हल्का वर्षाको संभावना रहेको मौसम पूर्वानुमान महाशाखाको भनाइ छ ।

त्यस्तै राती देशभर आंशिक देखि सामान्य बदली रहने छ । प्रदेश नम्बर १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षाको संभावना रहेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *