ग्लोबल टिभि
मङ्लबार, भदौ १२, २०८०
0
भदौ १२ – नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघले मंगलबार त्रिभुवन विश्वविद्यालय पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानका डिन शशिधर राम जोशीको कार्यकक्ष परिसरमा डिनको शव बनाई सांकेतिक शवयात्रा गरेका छन् ।
त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले गरेको शुल्क वृद्धि फिर्ता गर्न माग गर्दै नेविसंघका विद्यार्थीले डिन जोशीको पुत्ला बनाएर विरोध जनाएका हुन् ।
जोशीको पुत्ला पुल्चोक क्याम्पसबाट बालुवाटारसम्म लैजाने तयारी भए पनि क्याम्पसबाहिर निस्कनासाथ प्रहरीले प्रदर्शनकारीको हातबाट पुत्ला खोसेको थियो । विद्यार्थीहरूको प्रदर्शन अहिले काठमाडौंस्थित माइतीघर मण्डलतर्फ अगाडि बढेको छ ।
Post Views: 142
Leave a Reply