बालकृष्ण खाणलाई भेट्न केन्द्रीय कारागार पुगे शशांक कोइराला

 ग्लोबल टिभि      बुधबार, भदौ १३, २०८०      0

भदौ १३ –   नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइरालाले पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई भेटेका छन् ।  नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका खाणलाई भेट्न कोइराला बुधबार बिहान केन्द्रीय कारागार सुन्धार पुगेका थिए ।

कारगार स्रोतकाअनुसार उनीहरुबीच करिब आधा घण्टा कुराकानी भएको थियो । खाणलाई भेट्न कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेल पनि कारागार पुगेका थिए । खाणलाई भेट्न कांग्रेसका शीर्ष नेता सुन्धारा पुगिरहेका छन् ।

केही समयअघि नेता शेखर कोइराला, सहमहामन्त्री महेन्द्र यादव, भिष्मराज आङदम्बे, परराष्ट्रमन्त्री एनपी साउन, गण्डकीका मुख्यमन्त्री सुरेन्द्र पाण्डे, लुम्बनीका मुख्यमन्त्री डिल्ली चौधरी लगायतका नेताहरु पनि सुन्धारा पुगेका थिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *