रोपाई सकिएको खुशियालीमा आज रोपाई जात्रा मनाइदै

 ग्लोबल टिभि      शुक्रबार, भदौ १५, २०८०      0

आज रोपाईं जात्रा । नेवार संस्कृतिबाट सुरू भएको रोपाईं जात्रा असारको महिना धानको रोपाईं गरेपछि मनाइन्छ ।

गाईजात्राको भोलिपल्ट मनाइने यो जात्रामा परम्परागत पहिरनमा सजिएर मौलिक बाजाको तालमा धान रोपे जस्तै गरी नृत्य गर्ने चलन छ । धान रोप्ने काम सकिएको खुशियालीमा यो जात्रा मनाइन्छ । रोपाईं जात्रामा रोपाईंमा धान रोपे झैं गरी नाच्ने गाउने गरिन्छ ।

रोपाईं जात्रा मनाउन खेतालाहरू जम्मा भएर बाजा गाजाका साथ धान रोप्ने खेतमा गएर असारे गीत गाउँदै र नाँच्दै रमाईलो गर्दछन् । प्राय रोपाईं जात्रामा रोपाईंको मालिकलाई हिलोमा डुबाउनु पर्छ भन्ने सबै तिर प्रचलन छ ।

रोपाईंजात्रा नेपालका सबै पश्चिमी जिल्लाहरूमा मनाइन्छ तर मनाउने तरिका फरक फरक पाइएको छ ।

कर्णाली अञ्चलका जिल्लाहरूमा रोपाईं जात्रालाई चोपाइ पनि भनिन्छ । त्यहाँको चलन अनुसार चोपाइ एक प्रथा हो । चोपाइ प्रथामा रोपाईं जात्रा जस्तै जात्रा गरिन्छ । खास गरेर जुम्ला जिल्लामा रोपाईं जात्रालाई चोपाइ भनिन्छ । त्यहाँको भाषामा चोपाइ भन्नाले चोप्ने भन्ने बुझिन्छ । जसको घरमा विवाह भएको छ अथवा जसको घरमा छोरा जन्मिएको छ त्यसको घरमा चोपाइ अथवा रोपाईंजात्रा गरिन्छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *