आज सापारु अर्थात गाइजात्रा पर्व मनाउदै

 ग्लोबल टिभि      शुक्रबार, भदौ १५, २०८०      0

भदौ १५–  तिथि विवादका कारण अधिकांश नेवार समुदायले नेपाल पन्चांग निर्णायक समितिद्वारा जारी पात्रो अनुसार नभइ चलिआएको प्रचलन अनुसार आज सापारु अर्थात गाईजात्रा पर्व मनाउदैछन् । उनीहरुले बिहीबार क्वाटि खाएर जनैपूर्णिमा मनाएका थिए । त्यसैले काठमाडौं महानगरपालिकाले महानगरपालिका भित्र शुक्रबार पनि सार्वजनिक विदा दिएको छ । काठमाडौं उपत्यकामा गाइजात्रालाई बलीवर्द प्रतिपदा तथा वृषभ प्रतिपदा पनि भनिन्छ ।

नेवार समुदायले वर्षभरमा दिवंगत भएका आफन्तको नाममा प्रतिकात्मक गाई बनाएर नगर घुमाउने चलन छ । सा भन्नाले गाई र यात भनेको यात्रा वा जात्रा हो । काठमाडौं उपत्यका लगायत तत्कालीन नेपालमण्डलका साना ठूला बस्तीहरूमा आ–आफ्नै शैली तथा परम्पराअनुसार गाईजात्रा मनाउने चलन छ ।

काठमाडौंमा दिवंगत व्यक्तिको सम्झनामा स–साना केटाकेटी सिंगारेर गाईको चित्र अंकित कागजको मुकुण्डो तथा सिङ लगाइदिएर वसन्तपुर, हनुमानढोका दरवार लगायत पुराना नगरक्षेत्र घुमाउने चलन छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *