दुवै सदनको बैठक बस्दै, के छन् एजेण्डा ?

 ग्लोबल टिभि      सोमवार, भदौ १८, २०८०      0

भदौ १८ –  संघीय संसद् अन्तर्गत दुवै सदनको बैठक बस्दैछ। प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक दिउँसो १ बजे बस्नेछन्। आजको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय र शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहर सोधिने र तिनको उत्तर दिइने कार्यसूची छ।

सभामुख देवराज घिमिरेले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने संभावित कार्यसूचीमा उल्ले छ।

यसैगरी राष्ट्रियसभा बैठकमा विधायन व्यवस्थापन समितिका सभापति जयन्ती देवी राईले संविधान अनुसार बन्न बाँकी कानुनहरूको अध्ययन प्रतिवेदन २०८० माथि  छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *