ट्रकले मिनीट्रकलाई ठक्कर दिँदा तीन जनाको मृत्यु

 ग्लोबल टिभि           0

काठमाडौँ । कलंकीमा ट्रकले मिनीट्रकलाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ । बिहीबार बिहान बल्खुबाट सीतापाइलातर्फ गइरहेको बा ५ ख ८८६५ नम्बरको ट्रकले मकालु पेट्रोल पम्प अगाडि पार्किङ गरिराखेको बा ३ ख ७५३० नम्बरको मिनी ट्रकलाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा नुवाकोट सुन्दरादेवीका २४ वर्षीय रोशन तामाङ, तारकेश्वर गाउँपालिकाका ३७ वर्षीय माधव घिमिरे र नुवाकोटकै भूपेन्द्र तामाङ छन् । दुर्घटनामा नुवाकोट तार्केश्वरका २२ वर्षीय विजय तामाङ घाइते भएको महानगरीय प्रहरी वृत्त कालीमाटीका डीएसपी अपील बोहोराले जानकारी दिए ।

 

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *