भदौ २४- आज प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ११०औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदैछ । राष्ट्रियता, लोकतन्त्र तथा समाजवादका क्षेत्रमा विपिले पु¥याएको अतुलनीय योगदान नेपाली राजनीतिक इतिहासले सम्झिरहेको छ । आजको राजनीतिक परिवेशमा समेत बिपी विचारको महत्व उत्तिकै सान्दर्भिक छ ।
विश्वेश्वरप्रसाद कोइरालाका नामले नेपाली साहित्यामा पनि उनी शीर्ष स्थानमा छन् । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गरेका कोइरालाको विसं १९७१ भदौ २४ गते जन्म भएको थियो । भारत निर्वासनमा रहँदा बीपीले भारतको स्वतन्त्रता संग्राममा पनि भाग लिएका थिए ।
जहानियाँ राणा शासनको अन्त गर्न विसं २००३ मा बीपीको नेतृत्वमा नेपाली राष्ट्रिय कांग्रेस स्थापना भएको थियो । विसं २०१५ को आम निर्वाचनमा कांग्रेसले दुईतिहाइ बहुमत प्राप्त गरेपछि प्रथम जननिर्वाचित प्रधानमन्त्री बनेका कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गरेका थिए।
क्यान्सर रोगले बीपीको विसं २०३९ साउन ६ गते निधन भएको थियो । उनले नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान पु¥याएका छन् । नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन् ।
विपि जन्मजयन्तीको अवसरमा नेपाली कांग्रेसले पहिलो पटक आजदेखि तीन दिने बिपी साहित्य महोत्सव, २०८० आयोजना गर्दैछ ।
Leave a Reply