झरना थापा : चलचित्र चल्न नदिने अवस्था आउँदा मर्नु न बाँच्नु भइरहेको छ

 ग्लोबल टिभि      आइतवार, भदौ २४, २०८०      0

भदौ २४ –   निर्देशक तथा अभिनेत्री झरना थापाले चलचित्र ‘एक भगवत गीता’ चल्ने नदिने अवस्था आउँदा ‘मर्नु न बाँच्नुको पीडा भइरहेको’ बताएकी छन्।

सामाजिक सञ्जाल, फेसबुकमार्फत शनिबार राती उनले आफूले  सारा सम्पत्ति र सपनाको लगानी भएको चलचित्र चल्नै नदिने अवस्था आउँदा आफूलाई पीडा भइरहेको लेखेकी छिन्।

‘समाजको केहि यथार्थलाई टिपेर एउटा चलचित्र हामीले बनायौं। चलचित्रको कथावस्तु तथा मेरो भगवान श्रीकृष्ण प्रतिको असिम आस्था लाई केन्द्रमा राखेर चलचित्रको नाम ‘एक भगवत गीता ‘ राख्यौं। मैले मेरो जीवनभर राष्ट्र , हाम्रो देशको इतिहास, भौगोलिक अखण्डता , सांस्कृतिक विविधता, धार्मिक आस्था र सहिष्णुतामा आँच आउने कर्म ऐले सम्म कहिल्यै गरेको छैन। हामीले एक भागवत गीता निर्माण पुरा गरेर अब हजुरहरूको हातमा सुम्पन तयार भइसकेपछी चलचित्रको नाम माथि प्रश्न उठाइयो। हामीले उठेका प्रश्नहरूको विनम्रतापूर्वक उत्तर दियौं’, उनले लेखेकी छिन्, ‘मेरो आफ्नो जीवन नै भगवान श्रीकृष्णको आस्थामा चलेको छ र श्रीमद्भागवत गीता आफैंमा मेरो चलचित्र कर्मको प्रेरणा हो। म धार्मिक आस्था र सहिष्णुतामा सचेत छु र कथा चयन गर्दा सबै कुराको अध्ययन गरेको छु। बारम्बार हामीले हाम्रो चलचित्रको कथावस्तु सुनाएर, श्रीमद्भागवतगीता को अवहेलना नभएको स प्रमाण बताइरहँदा पनि चलचित्रलाई सेन्सर अनुमति नै दिइएको छैन।’

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *